• Welcome Speech

    International Conference on Library, Information and Knowledge Management in December 29-30, 2012 organized by Nepal Library Association.

  • Best Librarian Award

    Receiving Best Librarian award 2072/073 from Ministry of Education on August 31, 2016 on the special occasion of Library Day.

  • Honored as Resource Person

    Basic Course on Integrated Library Software (Koha) from November 6th to 11th, 2011 jointly organized by Central Dept. of Library and Information Science and LISSA.

  • Presenting Koha

    Presenting Koha in Russian Center Library

  • Group Photo

    A National Workshop on ICT in Libraries in December 24-25, 2013 on the occasion of 28th Annual Day of SAMB jointly organized by NLA, BLA and SAMB.

Showing posts with label Rautahat. Show all posts
Showing posts with label Rautahat. Show all posts

December 16, 2024

ऋण दिने र लिने दुवै पक्षको निधनपछि असुली विवाद पेचिलो

 
रौतहट जिल्लाको माधवनारायण नगरपालिकाको वडा नं ६ मा बसोबास गर्ने जयमाला साहले आफ्ना दिवंगत श्रीमान् प्रमोद साहद्वारा दिइएको रकमको असुलीका लागि कानुनी प्रक्रिया अघि बढाउन निवेदन दर्ता गरेकी छिन्।

 

जयमाला साहका अनुसार उनका दिवंगत श्रीमान् प्रमोद साहले वि.सं. २०६६ देखि २०७० सम्मको अवधिमा राम मालिक प्रसाद यादवलाई जग्गा खरीदका लागि रु २,७०,००० (दुई लाख सत्तरी हजार) दिएका थिए। उक्त रकम फिर्ता गर्नका लागि राम मालिक प्रसाद यादवले डायरीमा हस्ताक्षरसमेत गरेका थिए

। तर, राम मालिक प्रसाद यादवको निधनपश्चात उनका छोराहरू राजीव यादव, संजीव राय यादव, र सरोज राय यादवले रकम फिर्ता दिन अस्वीकार गरेको आरोप जयमाला साहले लगाएकी छिन्।

 

जयमाला साहको निवेदनमा उल्लेख गरिएको छ कि प्रमोद साहले रकम दिएपछि उनले जग्गा खनजोत गर्दै आएका थिए। तर,

विपक्षीहरूले सो जग्गा प्रयोग गर्न समेत रोक लगाएको र धम्की दिएका कारण आफू मानसिक तनावमा रहेको उनले बताइन्।

 

उनले विपक्षीहरूबाट आफूले दिएका रकमको मूलधन र बढेको ब्याजसहित असुली गर्न र आवश्यक कानुनी कारबाही अघि बढाउन स्थानीय प्रशासनसँग माग गरेकी छिन्। यस सम्बन्धमा कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायले छानबिन गर्ने तयारी गरेको जनाइएको छ। यस घटनाले स्थानीय समुदायमा चर्चा बटुलिरहेको छ भने ऋण असुलीका सम्बन्धमा न्याय पाउने आशामा जयमाला साहले न्यायका लागि हारगुहार गरिरहेकी छिन्।